डिजिटल प्लेटफर्मले सित्तैमा देखाउँदा टिभीमा आईपीएल हेर्ने घटे, स्टार स्पोर्ट्सको विज्ञापनमा व्यापक कमी

डिजिटल प्लेटफर्मले सित्तैमा देखाउँदा टिभीमा आईपीएल हेर्ने घटे, स्टार स्पोर्ट्सको विज्ञापनमा व्यापक कमी

एजेन्सी : आईपीएलका खेलहरू टेलिभिजनमा हेर्ने दर्शकको संख्या घटेको छ। यसो हुँदै गर्दा डिजिटल प्लेटफर्म अर्थात् मोबाइल र ल्यापटपमामा खेल हेर्नेको संख्या बढेको पाइएको छ।

ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलको पछिल्लो रिपोर्ट अनुसार आईपीएलको लोकप्रियतामा कुनै कमी आएको छैन। तर खेल हेर्नको लागि प्लेटफर्ममा परिवर्तन भएको छ।

१६औं सिजनका १० खेलको दर्शक डेटाको आधारमा काउन्सिलले यस सिजनमा आईपीएलको टिभीआर ४.७२ प्रतिशत रहेको जनाएको छ। यसको मतलब कुनै क्षेत्रमा १०० टिभी अन छन् भने ४.७२ प्रतिशतले आईपीएल हेरिरहेको बुझाउँछ।

पछिल्लो ६ सिजनमा यो दोस्रो सबैभन्दा कम संख्या हो। अघिल्लो वर्ष सबैभन्दा कम ३.६८ प्रतिशत टिभीआर थियो। यद्यपि टिभीआर, २०१८ देखि २०२० सम्म भने टिभीआर बढेको थियो।

आईपीएलको १६औं सिजनमा २७ करोड ४० लाख दर्शकले टिभीमा खेल हेरेका छन्। यसमा २.५ करोड मानिस घरबाहिर टिभी हेर्छन्। यदि यसलाई हटाइयो भने यो संख्या पछिल्लो ६ सिजनमा दोस्रो सबैभन्दा कम हो।

अर्कोतर्फ, डिजिटल प्लेटफर्ममा म्याच हेर्नेहरूको संख्या बढ्दै गएको छ। आईपीएलको सुरुवाती हप्तामा नै ५५० करोडभन्दा बढीले डिजिटल प्लेटफर्ममा खेलको मजा लिएका थिए। यो आईपीएलको डिजिटल प्लेटफर्ममा पहिलो हप्ताको रेकर्ड पनि हो।

राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीचको खेल डिजिटल प्लेटफर्ममा २.३ करोड दर्शकहरूले हेरेका थिए। जुन डिजिटल प्लेटफर्ममा सबैभन्दा धेरै हेरिएको खेल थियो। यसअघि २०१९ मा आईपीएलको फाइनल खेल डिजिटल प्लेटफर्ममा सबैभन्दा बढी १.८६ करोड दर्शकले हेरेका थिए।

म्याच हेर्ने मानिसको संख्यामा मात्रै नभई टिभीमा विज्ञापन दिनेको संख्या पनि ४० प्रतिशतले घटेको छ। गत वर्ष ६४ विज्ञापनदाताले टिभीमा विज्ञापन दिएकोमा अहिले यो संख्या घटेर ३५ मा झरेको छ।

यसपटक दुई फरक मिडिया नेटवर्कले आईपीएल प्रसारण गरिरहेका छन्। रिलायन्सको जियो सिनेमासँग डिजिटल र स्टार स्पोर्ट्ससँग टेलिभिजन प्रसारण अधिकार छ।

स्टारले भारतीय सबकन्टिनेन्टको लागि २३ हजार ५७५ करोड रुपैयाँमा टेलिभिजन अधिकार किन्दा भायकम १८ (जियो सिनेमा)ले भारतीय सबकन्टिनेन्टका लागि डिजिटल अधिकार भारतीय उपमहाद्वीपका डिजिटल अधिकार २० हजार ५ सय करोड रुपैयाँमा किनेको छ।

यसका अतिरिक्त ३ हजार २५८ करोड रुपैयाँमा भायकम १८ ले नै ९८ खेलको नन एक्स्क्ुलसिभ अधिकार किनेको छ। जियो सिनेमाले आईपीएलका खेलहरू निःशुल्क देखाइरहेको छ।

वैशाख १, २०८० शुक्रबार १९:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।