काजोलकी छोरीले फोटोग्राफर थर्काउँदे भनिन्– ‘पहिला नाम सहि लिनुस्’

काजोलकी छोरीले फोटोग्राफर थर्काउँदे भनिन्– ‘पहिला नाम सहि लिनुस्’

एजेन्सी : बलिउड फिल्म इन्डस्ट्रीमा यस्ता धेरै स्टारकिड्स छन्, जसको नामलाई लिएर मानिसहरू सधैं अन्योलमा हुन्छन्। ती मध्ये एक अजय देवगन र काजोलकी छोरी हुन्।

अजय देवगनकी छोरीलाई धेरैले न्यासाको नामले बोलाउँछन्। तर हालै उनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसमा अजय देवगनकी छोरीले आफ्नो सहि नाम बताएकी छन्।

भिडियो सेलिब्रेटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन्। भिडियोमा काजोलकी छोरी आफ्नो मिल्ने साथी ओरहान अवत्रामणिसँग रेष्टुरेन्टबाट बाहिर निस्केको देख्न सकिन्छ।

अजय देवगनकी छोरी रेष्टुरेन्टबाट निस्किनेबित्तिकै फोटोग्राफरहरूको भीडले घेर्छन्। भिडियोमा एक फोटोग्राफरले उनलाई न्यासा भनेर सम्बोधन गर्छन् यो सुन्नेबित्तिकै काजोलकी छोरी रिसाउँदै भन्छिन्– ‘मेरो नाम न्यासा देवगन होइन निशा हो’ भनी बताउँछिन्।

निशाको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

वैशाख १, २०८० शुक्रबार १८:३८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।