घरमा बोलाएर १३ वर्षीया बालिका बलात्कार, दुई जना पक्राउ

घरमा बोलाएर १३ वर्षीया बालिका बलात्कार, दुई जना पक्राउ

उदयपुर : १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीरबहादुर राई र ६६ वर्षीय खड्गबहादुर राई रहेका छन्। उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ती बालिकालाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्गबहादुरले बुधबार बलात्कार गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

वैशाख १, २०८० शुक्रबार १६:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।