मन्त्री मोदी अमेरिका प्रस्थान

मन्त्री मोदी अमेरिका प्रस्थान

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२औं सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन्।

वैशाख ०४ गतेबाट सुरू हुने सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए।

सत्र वैशाख १५ गतेसम्म सञ्चालन हुने भए पनि मन्त्री मोदी भने ११ वैशाखमा स्वदेश फर्किने कार्यतालिका छ।

सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहतर छलफल हुनेछ।

मन्त्री मोदीसँगै भ्रमण दलमा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, सदस्यहरू सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमा शंकर प्रसाद चौधरी, आदिवासी  जनजाति आयोगका सदस्य सुर्य गुरुङ, मन्त्री मोदीका प्रमुख स्वकीय सचिव बिरु मण्डल सहभागी छन्।

वैशाख १, २०८० शुक्रबार १४:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।