महिला आई लिग खेल्न राष्ट्रिय टिमका चार खेलाडी भारत प्रस्थान
काठमाडौं : भारतमा हुने महिला आई लिग खेल्न राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी त्यसतर्फ लागेका छन्।
टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी साम्बा, रेनुका नगरकोटे र सरु लिम्बु भारत प्रस्थान गरेका हुन्।
त्यहाँ हुने लिगमा सुब्बा सेथु एफसीमा आवद्ध हुँदा नगरकोटे र लिम्बु किकस्टार एफसीबाट खेल्दैछन् भने भण्डारीले गोकुलम केरलाबाट खेल्नेछिन्।
सावित्राले यसअघि सेथु एफसी र गोलकुलमबाट लिग खेल्दा दुवै पटक टोलीलाई च्याम्पियन बनाएकी थिइन्।
सावित्रा तेस्रो संस्करण भारतीय लिग खेल्दैछन् भने अन्य खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन्।
राष्ट्रिय टोली कै दिपा शाही भने लड्स फुटबल एकेडेमीमा आवद्ध भएकी छन्। उनी केही दिन पछि भारत जानेछिन्।
आईलिगमा यो पटक १६ टोलीले लिग खेल्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। भारतीय महिला लिग २५ अप्रिलबाट सुरु हुँदैछ।
चैत ३०, २०७९ बिहीबार १५:३४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।