म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ : सभापति लामिछाने

म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ : सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी र आफूसँगको कुराकानीमा बर्खास्त गरिएका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले आफैँमा बाझिने कुरा गरेको बताएका छन्।

बुधबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आजको केन्द्रीय समिति बैठकमा ‘मैले वा पार्टीबाट कसले पैसा मागेको हो ?’ भनेर प्रश्न गर्दा श्रेष्ठले प्रकाशित अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको कुरा राखेको जानकारी दिए । तर, समितिको बयानमा भने श्रेष्ठले ‘अडियो प्रकरण मलाई फँसायो भने नाम लिइदिन्छु’ भनेर भनेको कुरा खुलाए। 

सभापति लामिछानेका अनुसार श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याए पनि आफू डुबे अरुलाई पनि डुबाउने धम्कीसमेत दिएको खुलाएका हुन्।

उनले भने,‘अर्को अडियोमा फेरि पुरानो अडियो वहाँकै भएको भन्ने भएको भन्ने यथेस्त प्रमाण देखिन्छ। अडियो होइन भने किन फोन गर्नुभयो भनेर भन्दा बचाई दिन्छ कि भनेर कुरा गरेँ भन्नुभयो। तर उहाँले म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ।’
 
पार्टीले श्रेष्ठको साधारण सदस्य र समानुपातिक सांसद पद दुवै खारेज गर्ने निर्णय गरिसकेको छ। उनको स्थानमा विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

चैत २९, २०७९ बुधबार २०:५९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।