बुटवलका घरधनीलाई घरभाडा घटाउन पाँच संस्थाको सामुहिक अनुरोध
बुटवल : बुटवलका विभिन्न पाँच व्यावसायिक संस्थाले घरधनीहरूलाई घरभाडा घटाउन सामुहिक अनुरोध गरेका छन्।
चर्को बैंक ब्याजदर, महंगो घरभाडा लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र विस्तापित हुने अवस्था आएको भन्दै उनीहरूले घरभाडा घटाउन आग्रह गरेका हुन्।
बैठकले चर्को घरभाडा र बैंक व्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायिक संघसंस्थाहरूको सञ्जालको बृहत बैठक आह्वान गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरि बैठकले चर्को बैंक व्याजका विरुद्ध चरणवद्ध आन्दोलनको खाका बैठकले तयार गर्ने गरि तयारी गर्ने निर्णय गरेको छ।
बैठकपछि जारी संयुक्त अपिलमा मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमा त्यसले राष्ट्र असफल बन्ने बाटोमा जाने खतरा बढ्ने जनाउँदै गम्भीर बन्न सबैमा अनुरोध गरिएको छ।
अपिलमा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका कावा महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरवहाल सरोकार संघका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन्।
चैत २९, २०७९ बुधबार १५:०५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।