सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा नाबालिग पक्राउ

सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा नाबालिग पक्राउ

एजेन्सी : बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले ठाणे जिल्लाका १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

१६ वर्षीय नाबालिगले कन्ट्रोल रुममा फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ। मुम्बई प्रहरीको मुख्य कन्ट्रोल रुमलाई सोमबार राति यो धम्कीपूर्ण कल आएको थियो।

कल गर्ने व्यक्तिले फोनमा सलमान खानलाई ३० अप्रिलमा मार्ने बताएको र त्यसको जानकारी सलमानलाई दिने आग्रह गरेपछि फोन काटेको एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ।

प्रहरीले फेरि फोन गर्दा फोन गर्ने व्यक्तिले आफूलाई ‘गौशाला रक्षक’ भनेर चिनाउँदै आफू जोधपुरबाट राजस्थानमा फोन गरेको बताएका थिए।

त्यसपछि अनुसन्धान थानलेको प्रहरीले नम्बर ट्र्याक गर्दा उक्त फोन ठाणे जिल्लाको शाहपुरबाट आएको पत्ता लागेको थियो।यो क्षेत्र मुम्बईबाट ७० किलोमिटर टाढा छ।

प्रहरी अधिकारीका अनुसार यस मामिलामा मुम्बई प्रहरीको क्राइम इन्टेलिजेन्स युनिट (सीआईयू) पनि संलग्न थियो। सीआईयूका पदाधिकारीको टोलीले शाहपुर गएर शंकास्पदलाई युवकलाई पक्राउ गरेको थियो।

यसपछि प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिएर उनको फोन चेक गर्दा कन्ट्रोल रुममा फोन गरेर सलमानलाई ज्यान मार्ने धम्की दिएको पाइएको थियो।

अहिले उक्त कल गर्नुको पछाडि किशोरको मनसायबारे अनुसन्धान भइरहेको छ। गत महिना मुम्बई प्रहरीले धम्कीपूर्ण इमेल पाएपछि सलमान खानको सुरक्षा बढाएको थियो।

जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिएका थिए।

चैत २९, २०७९ बुधबार १४:५४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।