‘छक्का पन्जा ४’को कलेक्सन रिपोर्टमा दीपकको असन्तुष्टि, भुवन केसी आएपछि लफडा भएको टिप्पणी

‘छक्का पन्जा ४’को कलेक्सन रिपोर्टमा दीपकको असन्तुष्टि, भुवन केसी आएपछि लफडा भएको टिप्पणी

काठमाडौं : चलचित्र विकास बोर्डले आफ्नो फिल्म ‘छक्का पञ्जा ४’को कलेक्सनको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै चलचित्रका निर्मातो दीपकराज गिरीले असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो फिल्मको कलेन्सन रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

रिलिजको डेढ महिनामा फिल्मले करिब १७ करोड ग्रस कलेक्शन गरेको रिपोर्ट चलचित्र विकास बोर्डले सार्वजनिक गरेको थियो।

विकास बोर्डले बर्षभरि रिलिज भएका स्वदेशी तथा विदेशी फिल्मको बक्स अफिस आँकडा सार्वजनिक गरेको थियो।

उनले विकास बोर्ड अध्यक्षमाथि टिप्पणी गर्दैै लेखेका छन्, ‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा।’

चलचित्र विकास बोर्डको अध्यक्षमा अहिले भुवन केसी छन्।

फागुणको १९ गतेबाट रिलिज भएको यो फिल्मको व्यापार ‘कबड्डी ४’को भन्दा करिब ४ करोडले कम हो।

रिपोर्टअनुसार ‘कबड्डी ४’ यस वर्षको सबैभन्दा बढि कमाउने फिल्म हो। उसले २२ करोडको ग्रस कलेक्सन गरेको थियो। 

चैत २९, २०७९ बुधबार १४:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।