डाबरको ‘रियल फिज्जिन’ बजारमा

डाबरको ‘रियल फिज्जिन’ बजारमा

काठमाडौं : ‘रियल फ्रुट पावर’को उत्पादक तथा बजारकर्ता डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिङ्क सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ।

‘रियल फिज्जिन’को  एप्पल, मसलाकोला र निम्बु गरी तीनवटा आकर्षक भेरियन्टहरू छन्, जुन आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्।

११.२ प्रतिशत फलफूलको जुस भएको रियल एप्पलफिज्जिन १५० मिली, २५० मिली र ५०० मिली उपलब्ध छ। यसको आकर्षक मूल्यहरू क्रमशः ३०, ५० र ८० रूपैयाँ पर्छ।

यसैगरी जीराको स्वादमा रियल मसालाको ला फिज्जिनमा १०.५ प्रसितशत फलफूलको रस भएको कम्पनीको दाबी छ।

त्यस्तै, रियल निम्बु फिज्जिनमा ५ प्रतिशत लेमन जुस हुने र रियल मसालाकोला र निम्बुको १५० मिलि ‘गो’ प्याकको मूल्य ३० रुपैयाँ पर्छ।

चैत २८, २०७९ मंगलबार २२:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।