बढ्यो विदेशी विनिमय सञ्चिति, साढे ९ महिनाको आयात धान्ने

बढ्यो विदेशी विनिमय सञ्चिति, साढे ९ महिनाको आयात धान्ने

काठमाडौं : विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको छ ।

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४०१ अर्ब २१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

मंगलबार गरिएको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१० प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको जानकारी दिए।

उक्त विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

चैत २८, २०७९ मंगलबार १६:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।