२५ प्रतिशतले बढ्यो रेमिट्यान्स

२५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं : चालु आर्थिक वर्षको सुरुवाती आठ महिनाामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भई ७९४ अर्ब ३२ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको जानकारी दिइयो।

यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.६० प्रतिशतले घटेको थियो।

चैत २८, २०७९ मंगलबार १६:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।