छाप्रोमा लगेर २० वर्षीया युवती बलात्कार, आरोपित भुजेल पक्राउ

छाप्रोमा लगेर २० वर्षीया युवती बलात्कार, आरोपित भुजेल पक्राउ

झापा : २० वर्षीया युवती बलात्कारको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका–११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेल रहेका छन्। उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

भुजेलले ती युवतीलाई कन्काई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर गत आइतबार राति बलात्कार गरेको भन्ने उजुरी परेको थियो।

उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चैत २८, २०७९ मंगलबार १६:१३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।