सरकारको विरोध गर्ने गाउँमा म्यानमारी सेनाको हवाई आक्रमण, ५३ जनाको मृत्यु

सरकारको विरोध गर्ने गाउँमा म्यानमारी सेनाको हवाई आक्रमण, ५३ जनाको मृत्यु

एजेन्सी : म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको घातक हवाई आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ।

हमलामा बाँचेकाहरूले कम्तीमा १५ जना महिला र कैयौं बालबालिका मारिनेमा बताएका छन्। बीबीसीले मृतकको संख्या पुष्टि गरेको छैन।

सेनाले सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निशाना बनाएर आक्रमण भएको थियो।

फेब्रुअरी २०२१ मा सत्तामा आएदेखि सेनाले आफ्ना विरोधीहरू विरुद्ध हवाई आक्रमण गरेको छ।

सागिङका समुदायहरू म्यानमारमा सैन्य शासनको सबैभन्दा कडा विरोध गर्दै आएका छन्। उनीहरूले आफ्नै मिलिसिया बनाएका छन् र आफ्नै विद्यालय र क्लिनिकहरू सञ्चालन गरिरहेका छन्।

एक गाउँलेले बीबीसीलाई भने कि सैनिक जेटले बिहान ७ बजे उडेर बम खसालेको थियो, त्यसपछि हेलिकप्टर गनसिपले बीस मिनेटसम्म गाउँको परिक्रमा गरेको थियो।

चैत २८, २०७९ मंगलबार १६:०६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।