भारतमा ह्वात्तै बढ्यो कोरोना, सक्रिय संक्रमित ३७ हजारभन्दा बढि

भारतमा ह्वात्तै बढ्यो कोरोना, सक्रिय संक्रमित ३७ हजारभन्दा बढि

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो केही सातादेखि कोरोना संक्रमितको वृद्धिदर बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबार देशभर ५ हजार ६७६ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार नाघेको छ।

यस क्रममा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तीमध्ये केरलामा छ, दिल्ली, पञ्जाब र राजस्थानमा तीन–तीन, कर्नाटकमा दुई र गुजरात, हरियाणा, महाराष्ट्र, तमिलनाडुमा एक–एक जनाको मृत्यु भएको हो।

देशमा कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार पुगेको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म २ करोड २० करोड ६ लाख डोज कोरोना भ्याक्सिन जनतालाई दिइएको छ।

चैत २८, २०७९ मंगलबार १४:४०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।