सशस्त्र प्रहरीको फेसबुक ह्याक

सशस्त्र प्रहरीको फेसबुक ह्याक

काठमाडौं : सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।

मंगलबार बिहान आर्म्ड पोलिस फोर्स, नेपाल पेजबाट अनधिकृत स्टाटस पोस्ट भएको हो।

यस विषयमा आवश्यक अनुसन्धान थालिएको र कम्प्युटर शाखाले जाँचबुझ गरिरहेकाे सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खड्का जानकारी दिए।

उनले भने, ‘समस्याबारे कम्प्युटर शाखाले हेरिरहेको छ। डिटेल आएपछि भनाैंला।’

फेसबुकमा भियतनामी भाषामा रहेको स्टाटसमा 'जो गत शरदमा फर्किए' लेखिएको छ।

नेपालका सरकारी कार्यालयहरूमा वेबसाइट र सामाजिक सञ्जालहरू पटक-पटक साइबर आक्रमणमा पर्ने गरेका छन्।

यसअघि प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल र राष्ट्रपतिको कार्यालयको वेबसाइटसमेत ह्याक भएको थियो।

चैत २८, २०७९ मंगलबार १४:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।