अब स्वास्थ्य क्षेत्रमा ढाँटछलको अनुसन्धानले चल्दैन, रिसर्चको पनि रिसर्च गर्नुपर्छ
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौंमा आज (मंगलबार) र बुधबार दुई दिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन गर्न लागेको छ। सन् २०१५ देखि हरेक वर्ष यो कार्यक्रम गरिंदै आएको छ।
यसपालिको सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान: कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ रहेको छ।
सम्मेलनको प्रमुख उद्देश्य नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरू, जनसंख्याविद्हरु तथा नीतिनिर्माणकर्ताहरुलाई संलग्न गराइ दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्दाहरुको अन्तरविषयात्मक अनुसन्धानद्वारा सम्बोधन गर्न मार्गनिर्देशन गर्ने रहेको छ।
आज जबर्जस्ती फर्जी तथ्यांक लिएर रिसर्च रिपोर्ट प्रकाशित गरे पनि दशौं वर्षपछि त्यस्ता रिसर्ज फेल हुन सक्छन्। ढाँटेर छलेर रिसर्च गर्ने भन्ने हुँदैन।
सम्मेलन नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीतिको विषयमा अन्तरक्रिया तथा बहस (डाइलग गर्ने) ठूलो ठाउँ (फोरम) हो।
मानवको स्वास्थ्यमा असर पर्ने कुरा छन्, ति सबैलाई खोज अनुसन्धान गर्ने र गराउने म्यान्डेट पाएको संस्था हो स्वास्थ्य अनुसन्धान परिषद। त्यसैले यो सरकारलाई सल्लाह दिने निकाय (एडभाइजरी बडी) हो। परिषद स्वायत्त संस्था हो। परिषदको सरोकारवाला निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो। बजेटदेखि जनशक्ति नियुक्तिका विषयमा स्वास्थ्य मन्त्रालय नै चाहिन्छ।
ढाँटछलको रिसर्चले चल्दैन
स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धानको प्राप्त तथ्य, तथ्यांकलाई लिएर सरकारको नीतिमा सहयोग गर्न बनेको संस्था हो परिषद। यसले स्वास्थ्य नीतिको अधीनमा रहेर आफ्नो रणनीति बनाउँछ र, रिसर्च गर्ने र गराउने काम गर्छ।
कुनै व्यक्ति वा संस्थाले अध्ययन अनुसन्धान गर्न चाहँदा परिषदबाट अनिवार्य स्वीकृति लिनुपर्छ। यो परिषद भएकाले यसले नियमन गर्छ। स्वतन्त्र रुपमा रिसर्चको अध्ययन र समीक्षा गरिन्छ। आज जबर्जस्ती फर्जी तथ्यांक लिएर रिसर्च रिपोर्ट प्रकाशित गरे पनि दशौं वर्षपछि त्यस्ता रिसर्ज फेल हुन सक्छन्। ढाँटेर छलेर रिसर्च गर्ने भन्ने हुँदैन। त्यसैले वैज्ञानिक खोज तथा अनुसन्धान गरी रिसर्च गर्नुपर्छ। यस्ता विषयको बारेमा छलफल गर्ने ठाउँ हो यो शिखर सम्मेलन।
अब रिसर्चको पनि रिसर्च
अब कस्तो किसिमको रिसर्च गर्नुपर्छ, राज्यले लगानी गर्ने कुराहरुलाई कसरी सुनिश्चित गर्नुपर्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्य, तथ्यांकहरुमा हामीले कसरी जानुपर्छ भन्ने विषयको बहसका लागि सम्मेलन ठूलो जमघट हुने थलो हो। जुनियरदेखि धेरै सिनियर रिसर्चर लगायतको सम्मेलनमा सहभागिता हुन्छ।
पहिला पेपर निकालेर नाम राखेको भरमा प्रोफेसर बन्ने समेत चलन थियो। कुनै बेला ती कुरा ठीक थिए। तर, अब हामीले गर्ने अनुसन्धान अन्तराष्ट्रिय स्तरको बन्नुपर्छ, जुन नीतिले भनेको छ। अन्तर्राष्ट्रिय मापदण्डको रिसर्च बन्नको लागि रिसर्च कल्चरको विकास गर्नुपर्छ। राज्यले रिसर्चका लागि लगानी गर्नुपर्छ।
अब भएका रिसर्चको पनि रिसर्च गर्नुपर्छ। तथ्यांक संकलन मात्रै रिसर्च हैन। अरुले गरेको रिसर्चलाई पनि कृटिकल एनालाईसिस गरेर त्यसबाट आएका फाइन्डिङ भित्र पनि फाइन्डिङलाई एनालाईसिस गर्न सकिन्छ।
अहिले परिषदले गर्ने र यसले स्वीकृति दिएका गरि नेपालमा एक वर्षमा करिब दुई हजार पाँच सय रिसर्च भएका छन्। संख्यात्मकतामा भन्दा गुणात्मकतामा नै जोड दिनुपर्छ। पहिले रिसर्चरको संख्या खोज्नुपर्थ्यो। तपाईं रिसर्च गरिदिनु होस भन्नुपर्थ्यो। अहिले रिसर्च गर्ने व्यक्तिको विकास भइरहेको छ। रिसर्च गर्न इच्छुक हुनेको संख्या बढिरहेको छ।
पछिल्लो दिनमा गुणस्तरीय लेख, गुणस्तरीय रिसर्च ट्रायलहरुको संख्या बढ्दो क्रममा छ। त्यो भनेको हामी एड्भान्समा जाँदैछौं। तर, अझै यतिमा मात्रै सन्तोष हुने अवस्था छैन। र, सुरुवाती चरणको भन्दा रिसर्च बढ्दै भने गएको महसुस गरेका छौं।
तर, अब भएका रिसर्चको पनि रिसर्च गर्नुपर्छ। तथ्यांक संकलन मात्रै रिसर्च हैन। अरुले गरेको रिसर्चलाई पनि कृटिकल एनालाईसिस गरेर त्यसबाट आएका फाइन्डिङ भित्र पनि फाइन्डिङलाई एनालाईसिस गर्न सकिन्छ। त्यो एडभान्स अध्ययनको पार्ट हो। त्यो सेन्टर बनाउन खोजिरहेका छौं।
उपकरणको समेत ट्रयाल
राम्रो तथा गुणस्तरिय रिसर्ज गरेको खण्डमा रिसर्चरलाई अन्तर्राष्ट्रिय रुपमा खोजी हुनसक्छ। रिसर्चमा आजको लगानी भोलिको प्रतिफल हुन्छ। हामीले प्रयोग गर्ने औषधि, खोप, मेसिन, औजार तथा उपकरण हाम्रै मुलुकमा बनाउन किन सुरु नगर्ने? यस्ता विषयमा रिसर्च गर्न सकिन्छ। जुन विषयका बारेमा छलफल थर्ने थलो हो सम्मेलन।
हामीले अहिले एउटा सियो बनाउन सक्ने स्थिति छैन। मेसिन, औजार तथा उपकरण उत्पादनका लागि नीतिगत समस्या छन्। त्यसका लागि वैज्ञानिक तयार छैनन्। विश्वले कहाँसम्म फड्को मारिसक्यो।
अस्पतालमा भएका तथ्यांकलाई व्यवस्थित गरेर रोगमा आधारित भएर तथ्यांक विश्लेषण गर्न सकिन्छ। डाक्टर, नर्स तथा मेडिकल पर्सन रिसर्चर भएर निस्कनुपर्यो।
मेसिन, औजार तथा उपकरण कुन स्तरको गुणस्तरिय छ भन्ने जस्ता रिसर्च गर्न जरुरी छ। नेपालमा प्रयोग हुने त्यस्ता मेसिन, औजार तथा उपकरणको रिसर्च गरेपछि अर्को मेसिन कस्तो किन्ने भन्ने निर्क्यौलमा पुग्न सकिन्छ। उपकरणको समेत ट्रयाल गर्नुपर्छ। यस्ता किसिमका छलफल गरिन्छ यो सम्मेलनमा।
आफ्नै माटो अनुसारको रिसर्च र प्रयोग
अस्पतालमा भएका तथ्यांकलाई व्यवस्थित गरेर रोगमा आधारित भएर तथ्यांक विश्लेषण गर्न सकिन्छ। डाक्टर, नर्स तथा मेडिकल पर्सन रिसर्चर भएर निस्कनुपर्यो। उसले गर्ने प्राक्टिस तथा सिद्धान्त रिसर्चबाट प्रतिपादित हुनुपर्यो। त्यो अहिलेसम्म छैन।
अन्तर्राष्ट्रिय विज्ञ तथा रिसर्चरसँग जमघट हुन्छ। बेलायत, हारर्वर्डका विश्वविद्यालयका समेत प्राध्यापकले समेत विज्ञता पस्कने थलो हो यो। अन्तर्राष्ट्रिय रिसर्चरले के गरेको अध्ययनको बारेमा जान्ने, सिक्ने र अनुभव साट्ने मौका मिल्छ।
कुनैपनि एउटा अस्पताल देखाउनुहोस्, जसले आफ्नै प्रोटोकल बनाएर चलाएको छ। सामान्य हिसाबले बनाइएको होला। तर, त्यो पनि विश्व स्वास्थ्य संगठनले के प्रकाशित गरको छ, कस्ता वैज्ञानिक छन्, त्यो मात्रै अन्तर्राष्ट्रिय रिसर्च हेरेर बनाइएको छ। त्यसैले हाम्रै मुलुकको, हाम्रै माटो सुहाउँदो, हाम्रै जेनेटिक सुहाउँदो अध्ययन गरेर त्यही अनुसारको अभ्यास गर्नु पर्छ।
सम्मेलन रिसर्चको ज्ञान बाँड्ने थलो
रिर्सचका लागि विषयवस्तुको ज्ञान मात्रै भएर हुँदैन, एक आपसमा विभिन्न वैज्ञानिक तथा विज्ञ लगायत व्यक्तिहरुसँगको सम्बन्ध विस्तार, सहकार्य तथा नेतृत्व रिसर्चका लागि आवश्यक हुन्छ। एकै ठाउँ वा एउटा मात्रै अध्ययनले रिसर्च हुँदैन। एकभन्दा धेरै नमुना चाहिन सक्छ। त्यसैले रिसर्चका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका लागि यो सम्मेलन उपयोगी हुन्छ। यो शिखर सम्मेलन रिसर्चरका लागि नेटवर्किङ गर्ने ठूलो थलो हो।
अन्तर्राष्ट्रिय विज्ञ तथा रिसर्चरसँग जमघट हुन्छ। बेलायत, हारर्वर्डका विश्वविद्यालयका समेत प्राध्यापकले समेत विज्ञता पस्कने थलो हो। अन्तर्राष्ट्रिय रिसर्चरले के गरेको अध्ययनको बारेमा जान्ने, सिक्ने र अनुभव साट्ने मौका मिल्छ। विद्यार्थी, नर्स, डाक्टर, प्रोफेसर, पब्लिक हेल्थ, समाजशास्त्री जस्ता स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिसँग सम्मेलनमा सिक्ने र अनुभव साट्ने मौका पाइन्छ।
यो सम्मेलन एकातर्फ प्रकाशित भएका रिसर्च देखाउने ठाउँ हो भने अर्कातर्फ राम्रो काम गरेका रिसर्चरलाई पुरस्कृत पनि गरिन्छ। समग्रमा भन्नुपर्दा यो रिसर्चरको गफ गर्ने मात्रै थलो हैन। सिक्ने सिकाउने र ज्ञान बाँड्ने समेत थलो हो।
सम्मेलनमा पहिलो दिन करिब एक हजार सहभागी आउने अपेक्षा छ। प्यानलिष्ट करिब पाँच सय व्यक्ति हुने आशा गरिएको छ। यो सम्मेलनमा भर्चुअल माध्यमबाट समेत भाग लिन सकिन्छ। अहिलेसम्म सम्मेलनले तयार गरेका घोषणा पत्रको समेत अध्ययन गरेर निचोड निकालिन्छ र, त्यही आधारमा नीति निर्माणमा समेत छलफल गरिनेछ।
उकेराकर्मी उपेन्द्र खड्काले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीसँग गरेको कुराकानीमा आधारित।
चैत २८, २०७९ मंगलबार ०८:१३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।