क्या रोमाञ्चक खेल : बैंङलोरले १६ रन एक्स्ट्रा दियो, लखनउले एक विकेटले जित्यो
एजेन्सी : लखनउको २० औँ ओभरको अन्तिम बल। जित्न एक रन नभई नहुने। हर्षल पटेल भाग्दै आए।
उनले बल फ्याँक्नु अगाडि नै रवि बिश्नोइले क्रीज़ छोडे। हर्षलले उनलाई रन आउट गर्ने प्रयास गरे। तर सकेनन्। बिचबाट निस्कियो। पिचको बिचबाट सिधै स्टम्पमा हाने। लाग्यो पनि। तर अम्पायरले आउट मानेनन्। किन? किनकि नियम अनुसार नन स्ट्राइकलाई रन आउट गर्ने प्रयास असफल भएपछि थ्रो गर्न पाइन्न।
पहिलो प्रयासमै विकेट लागेको भए विश्नोई आउट हुन्थे र खेल सुपर ओभरमा जान्थ्यो। तर सकेनन्।
हर्षलले बल पनि राम्रो फ्याके। स्ट्राइकमा रहेका आवेश खानले छुन पनि सकेनन्। अन्तिम बल अनि जित्न एक रन बाँकी। दुवै दौडिए। दिनेश कार्तिकले बल समातेर विकेटतिर फ्याँक्दा एक रन पूरा भइसकेको थियो। लखनउको टिमले एक रनले खेल जित्यो।
विराट कोहली, फाफ डु प्लेसी अनि ग्लेन मैक्सवेलको उत्कृष्ट ब्याटिङ काम लागेन। मोहम्मद सिराजको सुन्दर बलिङ नि काम लागेन।
टस जितेको लखनउले बलिङ रोज्यो। बैङलोरले पनि राम्रो ब्याटिङ गर्यो। २० ओभरमा २१३ रन बनायो।
जबाफी ब्याटिङमा आएको लखनउले २३ रनमा तीन विकेट गुमाइसकेको थियो। त्यसपछि आएका ब्याट्सम्यानले बैङगलोरका बलरको बल चुट्न थाले।
मार्कस स्टोइनिसले ३० बलमा ६५ रन हाने। निकलस पुरनले १९ बलमा ६२ रन बनाए। आयुष बडोनीले २४ बलमा ३० रन लिए। बैंङलोरले १६ रन एक्स्ट्रा दिए। हार-जित एक रनले भयो।
चैत २८, २०७९ मंगलबार ०२:३३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।