कर्णालीमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने

कर्णालीमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने

सुर्खेत : एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए।

यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक र चैत १७ मा दाेस्राे पटक विश्वासको मत दिएको थियो।

चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरूले बताएका छन्। कर्णालीमा सभामुखसहित १० सांसद् रहेको एमाले तेस्रो पार्टी हो।

योसँगै मुख्यमन्त्री राजकुमार शर्माले फेरि  तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ।

चैत २७, २०७९ सोमबार १३:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।