१० वर्षीया बालिका बलात्कार आरोपमा पाल्पामा एक पुरुष पक्राउ

१० वर्षीया बालिका बलात्कार आरोपमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा : जिल्लामा १० वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका–११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याल रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चैत २७, २०७९ सोमबार १२:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।