प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दैछ। बैठकमा सम्भावित दुई कार्यसूची समावेश गरिएका छन्।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ। सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

यसैगरी दोस्रो कार्यसूचीमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ सम्बन्धी छ।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नेछिन्।

चैत २७, २०७९ सोमबार ०८:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।