शिखर धवनले १२ चौका र पाँच छक्का हाने तै पनि टिम हार्यो
काठमाडौँ : लगातार दुई खेल जितेको पन्जाब किंग्स हैदराबादसँग पराजित भएको छ। खराब सट, सुस्त फिल्डिङ अनि प्रभावहीन बलिङका कारण टिम पराजित भयो।
शिखर धवनको प्रयासले टिम १४३ रनसम्म पुग्यो। नत्र सय वरपरमै समेटिन्थ्यो पन्जाब। उनले ६६ बलमा ९९ रन बनाएका थिए। उनले १२ चौका र पाँच छक्का हानेका थिए। तै पनि टिम जोगिएन।
हैदराबादले टस जितेर बलिङ रोजे। पन्जाबले २० ओभरमा नौ विकेट गुमाएर १४३ रन बनायो।
१४४ रनको लक्ष्य लिएर मैदानमा आएको टिमले १७.१ ओभरमै लक्ष्य पूरा गर्यो।
हैदराबादको बलरहरूमा सुधार देखियो। मयंक मार्कडेले ४ विकेट लिए।
तर ब्याटिङमा पुरानै समस्या देखियो। अझ विशेष ओपनरमा। राहुल त्रिपाठीले ४८ बलमा ७४ रन बनाए।
चैत २७, २०७९ सोमबार ०१:१८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।