रिंकुको चमत्कारले जितिसकेको खेल हार्‍यो गुजरातले

रिंकुको चमत्कारले जितिसकेको खेल हार्‍यो गुजरातले

काठमाडौँ : इन्डियन प्रिमियर लिगको गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सविचको खेलको लगभग अन्तिम नतिजा पक्कापक्की थियो। तर जब रिंकु सिंहको ब्याट घुम्न थाल्यो असम्भव देखिएको नतिजा सम्भव भयो।

गुजरातले २०५ रनको लक्ष्य दिएको थियो कोलकातालाई। २८ रनमै दुई विकेट गइसकेको थियो। १७ ओभरमा रशिद खानले ह्याट्रिक विकेट लिए।

अन्तिम ओभरमा २९ रन चाहिन्थ्यो जितका लागी। स्ट्राइकरमा उमेश यादव थिए। यादवले एक रन लिएर स्ट्राइकरमा सिंह आए।

अनि एक-दुई हैन कोलकाता टिमका सिंहले अन्तिम पाँच बलमा पाँच छक्का हाने। अन्तिम सात बलमा ४० रन पुर्याएर जित निश्चित गराए। जितका लागि आवश्यकभन्दा दुई रन बढी बनाए।

खेल मात्र जिताएनन् उनले। अन्तिम ओभरमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको रेकर्ड पनि बनाए।

खेल जितेपछि सिंहले भने' पाँच छक्का हानौला भन्ने सोचेकै थिइन। भरोसा थियो। बल मिल्यो। छक्का लाग्दै गयो।'

चैत २६, २०७९ आइतबार २२:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।