रिंकु सिंहले अन्तिम पाँच बलमा पाँच छक्का हान्दा काेलकाताको नाटकीय जित

रिंकु सिंहले अन्तिम पाँच बलमा पाँच छक्का हान्दा काेलकाताको नाटकीय जित

काठमाडौं : जारी आईपीएलको १३औं खेलमा जितका लागि २०५ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले रिंकु सिंहको अविश्वसनीय इनिङ्सको मद्दतले गुजरात टाइटन्सलाई पराजित गरेको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का प्रहार गरे। 

उनले २१ बलमा ४८ रन बनाएर अविजित रहे। केकेआरलाई अन्तिम ओभरमा जितका लागि २९ रन आवश्यक थियो।

रिंकु सिंहको यो इनिङ्समा टिमले २०७ रन बनाएर खेल तीन विकेटले जित्यो। गुजरात टाइटन्सका लागि राशिद खानको ह्याट्रिक पनि काम गर्न सकेन।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गुजरातका लागि अन्तिम दुई ओभरमा विजय शंकरले पाँच छक्का प्रहार गरेका थिए।

गुजरातले कोलकातालाई जितका लागि २०५ रनको लक्ष्य दिएको थियो।

चैत २६, २०७९ आइतबार २२:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।