साढे दुई करोडको टेप काण्डमा छानबिन गर्न रास्वपाले बनायो समिति, तीन दिनको समय
काठमाडौँ : स्वास्थ्यमन्त्री बन्न सभापतिको कोर टिमका सदस्यलाई बुझाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग साढे दुई करोड माग्ने पार्टीका सभासद् ढाकाकुमार श्रेष्ठबारे छानबिन गर्न समिति गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।
स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति लामिछाने निकट रहेका दुई/ तीन व्यक्तिले साढे दुई करोड रकम मागेको र अहिले तत्काल एक करोड दिए हुने भन्दै गरेको श्रेष्ठ र प्रसाईँको कुराकानीको अडियो आइतबार सार्वजनिक भएको थियो।
पार्टी प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा सो अडियोबारे छानबिन गरेर तीन दिनभित्र पार्टीको केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको उल्लेख छ।
छानबिन पुरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन श्रेष्ठलाई निर्देशन दिएको र समितिमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको समेत उल्लेख छ।
उता आइतबार बारामा आयोजित चुनावी सभामा बोल्दै रविले अडियोमा दाबी गरिएजस्तो आफू वरपरका कोही संलग्न भए ७२ घण्टाभित्र उनीहरूमाथि समेत कारबाही गर्ने दाबी गरे।
यो पनि
चैत २६, २०७९ आइतबार १८:३४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।