‘बहाव’का निर्देशकको दाबी : फिल्म कुनै राजनीतिक वादप्रति पुर्वाग्रही छैन

‘बहाव’का निर्देशकको दाबी : फिल्म कुनै राजनीतिक वादप्रति पुर्वाग्रही छैन

काठमाडौं : फिल्म ‘बहाव’का निर्देशक प्रमोद कँडेलले फिल्म कुनै वादप्रति पुर्वाग्रही नभएको दाबी गरेका छन्।

फिल्ममा कम्युनिष्ट विचारधाराका परिवर्तन पक्षधर र डेमोक्रेट विचारधारालाई यथास्थितिवादी रहेको देखाइएकोमा फिल्म निश्चित राजनीतिक वादबाट प्रेरित भएको भन्दै आलोचना भएको थियो।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै ‘बहाव’ निर्माण गर्ने क्रममा कुनै विचार वा वादप्रति आग्रह वा पूर्वाग्रह नराखी स्वतन्त्र रूपमा  निर्माण गरेको उल्लेख गरेका छन्।

फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

उनको धारणा
हाम्रो  टिमले ‘बहाव’ निर्माण गर्ने क्रममा कुनै विचार वा वादप्रति आग्रह वा पुर्वाग्रह नराखी स्वतन्त्र रुपमा फिल्म निर्माण गरेको हौँ। फिल्म निर्माण गर्नुको मुख्य उदेश्य कथा भन्नु हो, कथा भन्ने क्रममा भएका केही कमी कमजोरीलाई औल्याइँदिनु भएकोमा हामी आत्मसाथ गर्छौ। हामीले समाजको यथार्थ चित्रण गरेका हौँ।

चैत २५, २०७९ शनिबार २१:१२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।