भियतनामसँग २-० काे हारसँगै ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल
काठमाडौं : पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपालको यात्रा पहिलो चरणबाटै समाप्त भएको छ।
समूह 'सी' मा रहेको नेपाल शनिबार भियतनामसँग २-० ले पराजित भएसँगै नेपाल पहिलो चरणबाटै बाहिरिएको हो।
नेपाल भियतनामसँग समग्रमा ७-१ ले पराजित हुँदै छ्नोटबाट बाहिरिएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामलाई जित दिलाउन दुवै गोल पाम हाइ येनले गरिन्।
खेलको छैटौं मिनेटमा हाइ येनले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी थिइन्। त्यसको अर्को मिनेटमा नै येनले नै भियतनामको अग्रतालाई दोब्बर पारिन्।
खेलको सुरूवातमै दुई गोल बेहोरे पनि नेपालले पहिलो हाफको अन्तिम समयदेखि नै भियतनाममाथि केही दबाब सृजना गरेको थियो। नेपालकी साबित्रा भन्डारीले ३९औं मिनेटमा 'वान भर्सेस वान'मा पाएको मौका सदुपयोग गर्न सकिनन्।
यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग ५-१ ले पराजित भएको थियो। नेपाललाई दुवै खेलमा पराजित गरेको भियतनाम भने छ्नोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
चैत २५, २०७९ शनिबार २०:२१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।