बोल्ट र चहल चम्किँदा दिल्लीविरुद्ध राजस्थानको सहज जित

बोल्ट र चहल चम्किँदा दिल्लीविरुद्ध राजस्थानको सहज जित

काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ११औं खेलमा दिल्ली क्यापिटल्सविरुद्ध राजस्थान रोयल्सलेसहज जित निकालेको छ।

२०० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटिएपछि राजस्थानले ५७ रनको सहज जित निकालेको हो।

दिल्लीका कप्तान डेभिड वार्नरले ६५, ललित यादवले ३८ र रिली रोस्सोले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

राजस्थानका ट्रेन्ड बोल्ट युजवेन्द्र चहलले समान तीन–तीन विकेट लिँदै राजस्थानलाई सहज जित दिलाए। यसका साथै रविचन्द्रण अश्विनले दुई तथा सन्दीप शर्माले एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो। उसका लागि जोस बटलरले ७९, यशस्वी जयसवालले ६० र सिम्रोन हेटमायरले नटआउट रहँदै ३९ रन जोडे।

दिल्लीका मुकेश कुमारले दुई विकेट लिँदा कुलदीप यादव र रोभमन पावेलले समान एक–एक विकेट लिए।

जितसँगै राजस्थान अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल खेलेको उसले दुईमा वित निकाल्दै चार अंकसहित पहिलो स्थानमा आएको हो।

समान चार अंक भएका लखनऊ सुपर जाइन्ट्स, गुजरात टाइटन्स र पञ्जाब किंग्स क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। 

चैत २५, २०७९ शनिबार १९:५५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।