२६८ थान नक्कली नोटसहित सर्लाहीबाट एक जना पक्राउ

२६८ थान नक्कली नोटसहित सर्लाहीबाट एक जना पक्राउ

सर्लाही : प्रहरीले २६८ थान नक्कली नोटसहित एक जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद राय रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बरहथवा नगरपालिका-१७ बागमती सिचाईं नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित उनलाई प्रहरीले पक्रेको हो।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राम प्रसादको साथबाट उक्त नोट, कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डल फेला परेको थियो।

साथै उक्त स्थानबाट बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चैत २५, २०७९ शनिबार १८:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।