कोरियामा सिकेको बंगुरपालनको सिपले सफल पशुपालक बनेका ‘कम्प्युटर मास्टर’ रोहित
बुटवल : वैदेशिक रोजगारीमा जाने धेरै नेपालीहरूको एउटा साझा समस्या छ। विदेशमा काम गरुन्जेल त पैसा कमाइयो, स्वदेश फर्किएपछि के गर्ने?
तर केही यस्ता व्यक्ति पनि छन् जसले विदेश गएर धन मात्र होइन, सिप पनि कमाए र त्यही सिपकै उपयोग गरेर यहाँ नयाँ कामको थालनी गर्दै सफल भएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१६ मधवलियामा ४३ वर्षीया रोहित सिंह आलेले खोलेको ‘विजया पिक फर्म’ विदेशमा सिप सिकेर फर्केपछि स्वदेशमै गरिएको सफल कामको राम्रो उदाहरण हो।
लोडसेडिङले माथि उठ्न नसकेपछि नेपालमै सम्भावना खोजिरहेका रोहितलाई अब नेपालमा केही हुन्न भन्ने लाग्यो। त्यसपछि इन्स्टिच्युट बिक्री गर्ने योजना बनाए।
कुनै बेलाका ‘कम्प्युटर मास्टर’ रोहित अहिले सफल पशुपालकको रुपमा चिनिन्छन्। रोहितले सुरुमा १२ वर्षसम्म हेटौडा, नारायणगढ, पोखरा, पाल्पा, रुपन्देही र काठमाडौंमा कम्प्युटर पढाए। यसपछि सन् २००९ देखि २०१४ सम्म भने आफ्नै कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरे, काठमाडौंमा।
तर आफ्नै इन्स्टिच्युटले भने अनुसारको गति लिन सकेन। देशमा लोडसेडिङको समस्या थियो। विद्युत नै नभएपछि इन्स्टिच्युट चलाउन अप्ठ्यारो भयो।
लोडसेडिङले माथि उठ्न नसकेपछि नेपालमै सम्भावना खोजिरहेका रोहितलाई अब नेपालमा केही हुन्न भन्ने लाग्यो। त्यसपछि इन्स्टिच्युट बिक्री गर्ने योजना बनाए।
‘त्यो बेला इन्स्टिच्युट पुरै बिक्री गर्छु भन्दा बिक्री भएन। मैले कम्प्युटर, टेबल, कुर्ची एक एक पिस गरेर बिक्री गरें। त्यही बेलामै कोरियन पढिरहेको थिए। संयोगबस नाम पनि निस्कियो,’ उनले भने।
मलाई श्रीमतीले पनि साथ दिइन्। अझै पाँच वर्ष बस्नुस्। नेपालमा किन आउँनुपर्यो भनेर भनेको भए पनि म अहिले यो स्थानमा आउने थिइन होला। तर श्रीमतीले फर्केर सँगै बसौंला, केही गरौंला भनेर आँट दिइन्।
त्यसपछि उनी सन् २०१४ मा कोरिया पुगे। कोरियामा कामका लागि उनले एग्रिकल्चरलाई रोजे। एग्रिकल्चरमा उनी बंगुर फर्ममा परे।
‘नेपालमा सिकेको अरू सिप थिएन। आईटी क्षेत्रको मान्छे, फिजिकल काम गर्नुपर्यो। ३ महिना त काम गर्दा असाध्य पीडा भो। ६३ केजीको ज्यान घटेर ५२ केजी भयो,’ विगत सम्झँदै रोहितले भने।
तरपनि उनले हिम्मत हारेनन्। पाँच वर्ष कोरियामा बंगुर फर्ममा काम गरे। नयाँ सिप र अनुभव बटुले। कोरियामै रहँदा उनले घर फर्केर यही सिपलाई प्रयोग गर्ने योजना बनाएका थिए।
अझै पाँच वर्ष कोरिया बस्न मिल्ने थियो उनलाई। तर श्रीमती सरस्वती बुढाथोकीसँग सल्लाह गरेर उनी नेपालमै केही गर्ने सोच राखेर पाँच वर्षपछि सन् २०१९ मा नेपाल फर्किए।
‘मलाई श्रीमतीले पनि साथ दिइन्। अझै पाँच वर्ष बस्नुस्। नेपालमा किन आउँनुपर्यो भनेर भनेको भए पनि म अहिले यो स्थानमा आउने थिइन होला। तर श्रीमतीले फर्केर सँगै बसौंला, केही गरौंला भनेर आँट दिइन्,’ उनले भने।
४ लाख रुपैयाँबाट सुरु गरेको उनको व्यवसाय अहिले ३६ लाखभन्दा बढीको भएको छ। उनले अहिले यसैमा भविष्य उज्ज्वल देखेका छन्।
रुपन्देहीमा जन्मे हुर्केको भए पनि रोहितको घर काठमाडौं भैंसेपाटीमा छ। नेपालमा आएपछि उनले आफू जन्मे हुर्केको ठाउँमा बंगुर पालनका लागि उपयुक्त हावापानी देखे। त्यसपछि उनले पश्चिम अमुवामा रोयल पि फर्म सुरु गरे।
तर पहिलो प्रयासमै सफलता कहाँ मिल्छ र? फर्म सुरु भएको १० महिना नबित्दै कोभिड सुरु भयो। लकडाउनले मानिसहरूको आवतजावत बन्द। यसपछि राति १२ बजे नै उठेर बंगुर बिक्री गर्न पनि हिंडे उनी। तर भने जस्तो भएन। त्यसपछि फर्म बेचेर काठमाडौं नै फर्किए।
काठमाडौं फर्किए पनि ध्यान सबै बंगुर पालनमै थियो। कोरियामा हुँदा देखेको नेपालमा केही गर्ने सपना बीचमै तुहिएपछि उनलाई मनमा सन्तोष भएन। फेरी उनी काठमाडौंबाट रुपन्देही आए। त्यो बेला पहिलो चरणको लकडाउन सकिएर केही खुकुलो भइसकेको थियो ।
त्यसपछि उनले १३ वटा पाठी र २ वटा पाठाबाट ‘विजया पिक फर्म’ सुरु गरे। २ वर्षको अवधिमा अहिले उनको फर्ममा १६३ वटा बंगुर छन्।
राज्यले हामीलाई कामको सुरुवातमा अनुदान दिने होइन। त्यो बेला सस्तो ब्याजदरमा ऋण दिनुपर्छ। अप्ठ्यारो परेको अवस्थामा सरकारबाट थोरै भए पनि सहयोग पाएमा कृषकहरू आफ्नो पेशाबाट बढी सन्तुष्ट हुन्छन्।
यस फर्ममा कोरियाली प्रविधिबाट बंगुर पालन गरेका छन् उनले। ‘अहिले कोरियाली प्रविधि तर नेपालको वातावरण अनुसार फर्म बनाएको छ। बच्चाहरू राख्ने, गर्भवती, सुत्केरी बंगुरलाई अलग अलग बनाएर राखेको छु,’ उनले भने।
४ लाख रुपैयाँबाट सुरु गरेको उनको व्यवसाय अहिले ३६ लाखभन्दा बढीको भएको छ। उनले अहिले यसैमा भविष्य उज्ज्वल देखेका छन्।
बंगुर बिक्रीका लागि उनलाई बजारको समस्या छैन। किन भने उनले आफैं दुईवटा फ्रेस हाउस चलाएका छन्। त्यहीबाट उनले मासु बिक्री गर्ने गरेका छन्।
बंगुर पालनमा राम्रो भविष्य भए पनि सरकारले दिने अनुदानको प्रणाली गलत भएको उनी बताउँछन्।
‘राज्यले हामीलाई कामको सुरुवातमा अनुदान दिने होइन। त्यो बेला सस्तो ब्याजदरमा ऋण दिनुपर्छ। अप्ठ्यारो परेको अवस्थामा सरकारबाट थोरै भए पनि सहयोग पाएमा कृषकहरू आफ्नो पेशाबाट बढी सन्तुष्ट हुन्छन्,’ उनले भने।
चैत २५, २०७९ शनिबार ०९:५५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।