आईपीएलमा लखनऊको ५ विकेटको सहज जित
एजेन्सी : लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२३ मा सनराइजर्स हैदराबादमाथि ५ विकेटका सहज जित हात पारेको छ।
जितको लागि १ सय २२ रनको सामान्य विजयी लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। लखनऊको जितमा क्रुनाल पान्ड्याले २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए।
कप्तान लोकेश राहुल ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाए। ओपनर कायल मेयर्स १३, दीपक हुडा ७ र रोमारियो शेफर्ड शून्यमा आउट भए।
हैदराबादका आदिल राशिदले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले एक एक विकेट लिए।
त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो।
हैदराबादका राहुल त्रिपाठीले ३५, अनोमलप्रित सिंहले ३१, अब्दुल सामदले २१ रन ल्याउँदा अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ लखनऊका क्रुनाल पान्ड्याले ३, अमित मिश्रले २ तथा एश ठाकुर र रवि विश्नाेईले समान १-१ विकेट लिए।
लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्दा दोस्रोमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित हुन पुगेको थियो।
चैत २४, २०७९ शुक्रबार २३:२९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।