ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल

ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल

एजेन्सी : अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई जेल हाल्न नहुने बताएकी छन्।

स्टर्मी डेनियलले भनिन्- ‘म विरुद्धको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त हुँदैन भन्ने मेरो विचार हो।’

तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए पक्कै जाने उनले बताइन्।

उनले भनिन्, ‘यो निकै चुनौतीपूर्ण छ तर म आशावादी छु। मसँग लुकाउन केहि छैन। सुरुदेखि नै सत्य बोल्ने म मात्रै हुँ।’

पूर्व राष्ट्रपतिमाथि स्टर्मी डेनियललाई मौन रहनका लागि १ लाख ३० हजार डलर दिएको आरोप छ। यो अभियोगमा अधिकतम चार वर्षको जेल सजाय हुनेछ।

ट्रम्पले आफ्नो अफेयर सार्वजनिक नगर्नका लागि रकम भुक्तानी गरेकाे बीबीसीले समाचार लेखेको छ।

चैत २४, २०७९ शुक्रबार २२:१७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।