भारतमा पनि घट्यो विदेशी मुद्रा सञ्चिती

भारतमा पनि घट्यो विदेशी मुद्रा सञ्चिती

एजेन्सी : भारतमा विदेशी मुद्रा सञ्चिति ३२९ मिलियन डलरले घटेको छ।

मार्च ३१ सम्म भारतको विदेशी मुद्रा सञ्चिति ३२९ मिलियन डलरले घटेर ५७८.४४९ अर्ब डलर पुगेको त्यहाँको केन्द्रीय बैंक भारतीय रिजर्व बैंकले जनाएको छ।

भारतमा पछिल्लो दुई सातामा विदेशी मुद्रा सञ्चिति ५७८.७७८ अर्ब अमेरिकी डलरले बढेको छ।

गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चिति २८ अर्ब ८६ करोड अमेरिकी डलरले घटेको थियो।

अक्टोबर २०२१ मा देशको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च ६४५ अर्ब डलर पुगेको थियो।

चैत २४, २०७९ शुक्रबार २२:०३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।