सिटिजन लाइफले सुरू गर्‍यो ‘सुनौलो १०० दिन’

सिटिजन लाइफले सुरू गर्‍यो ‘सुनौलो १०० दिन’

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले शुक्रबारदेखि २०८० असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत ‘सुनौलो १०० दिन’ कार्यक्रमको सुरुवात गरेको छ।

बुटवलमा एक कार्यक्रम बीच कार्यक्रमका बीच अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उसले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै अभियानलाई सम्पन्न गर्नेछ।

कम्पनीले आम मानिससम्म बीमाको पहुँच पुर्याउँदै रोजगारीको अवसरको चेतना विकास गर्ने र विभिन्न स्थानीय तहमा व्यवसायिक अभिकर्ता बनाउले लक्ष्य राखेको छ।

‘बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो’ भन्ने जनचेतना जगाउन आर्थिक वर्षका बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम ल्याइएको कम्पनीले जनाएको छ।

चैत २४, २०७९ शुक्रबार १९:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।