हत्या अभियोगमा बुवा र दाइलाई सजाय, नौ वर्षपछि घर फर्किइन् छोरी

हत्या अभियोगमा बुवा र दाइलाई सजाय, नौ वर्षपछि घर फर्किइन् छोरी

एजेन्सी : मध्यप्रदेशमा प्रहरीको लापरबाहीको एउटा डरलाग्दो घटना बाहिरिएको छ।

जसको हत्याको मुद्दामा बुवा र दाइ जेलमा बसे, उनै बालिका नौ वर्षपछि घर फर्किएपछि प्रहरीको लापरबाहीको घटना बाहिरिएको हो।

उनी घर फर्किएसँगै प्रहरीको कारबाहीमाथि त प्रश्न उठेको छ नै प्रहरीले पीडित भनेको कंकाल कसको तथा बालिकाका बाबु र भाइलाई जेल सजायको जिम्मेवारी कसको? भन्ने प्रश्नसमेत गम्भीर बनेको छ।

घटना मध्य प्रदेशको छिन्दवाडाको सिंगोडीको हो। प्रहरी अभिलेखमा मृतकको नाम कञ्चन उइके उल्लेख छ। तर अहिले कञ्चन घर फर्किएकी छन् र उनको विवाह भइसकेको छ।

कञ्चन उइके १३ जुन २०१४ मा छिन्दवाडास्थित आफ्नो घरबाट बेपत्ता भएकी थिइन्। कञ्चन बेपत्ता भएपछि आफन्तले प्रहरीमा उजुरी दिन्छन्। प्रहरीले अनुसन्धान थाल्छ। दुई वर्षपछि उनको घर नजिकै प्रहरीले कंकाल फेला पार्छ अनि उनका बुवा र दाइलाई कञ्चनको हत्यामा गरेको प्रमाणित गर्छ।

यद्यपि। कञ्चनका परिवारका सदस्यले प्रहरीले कञ्चनकै भएको बताएको कंकाल उनीहरूकै आफन्तको रहेको बताए। तर, प्रहरीले उनीहरूको कुरा सुनेन। अदालतमा कञ्चनको हत्या प्रमाणित भएपछि कञ्चनका बुवा र दाइ जेल चलान भए।

प्रहरीले कञ्चनका दाजु र बुवालाई पनि आरोप स्वीकार गर्न दबाब दिएको आरोप छ। कञ्चनका दाइ एक महिनाअघि धरौटीमा रिहा भइसकेका छन् भने कञ्चनका बुवा अझै जेलमा छन्। कञ्चन अहिले विवाहित हुन् र उनका दुई सन्तान छन्। उनी मालवा जिल्लामा बस्छिन्।

कञ्चन घर फर्किएपछि चकित परिन्। आफ्नो हत्याको आरोपमा बुवा र दाइ जेलमा परेको थाहा पाएपछि उनी सिधै प्रहरी चौकीमा पुगिन् अनि आफू जीवित रहेको बताइन्। पुलिसले मेरो परिवारलाई यातना दिएको थाहा पाएपछि म जिउँदै छु भन्नुपर्यो।

कञ्चन फर्किएपछि प्रहरीको अनुसन्धानमा प्रश्न उठेको छ। प्रहरीले कञ्चनको भएको बताएको कंकालको डीएनए रिपोर्ट अहिलेसम्म नआएका कारण पनि यस्तो भएको बताइएको छ।

सन् २०१६ मा पठाइएको डिएनए रिपोर्ट अहिलेसम्म नआएका कारण कञ्चनका बुवा र दाइ जेलमा बस्नुपरेको प्रहरी बताउँछ। त्यहाँ रहेको अहिलेका प्रहरी प्रमुखले समेत डीएनए रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताएका छन्।

चैत २४, २०७९ शुक्रबार १७:३६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।