ओखलढुङ्गामा बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुङ्गामा बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुङ्गा : २४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाल रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चैत २४, २०७९ शुक्रबार १४:३१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।