चेक बाउन्सको मुद्दामा भारतीय अभिनेत्री अमिशा विरुद्ध पक्राउ आदेश
एजेन्सी : फिल्ममा काम गर्ने भनेर साढे दुई करोड लिए पनि काम नगरेको आरोपमा भारतीय अभिनेत्री अमिशा पटेल विरुद्ध अदालतबाट पक्राउ आदेश जारी भएको छ।
अजय सिंहसँग पैसा लिएर पनि काम नगरेको केसमा अदालतले पक्राउ आदेश जारी गरेको हो।
अदालतले उनलाई हाजिर हुन नोटिस जारी गरेको थियो। तर उनी हाजिर भइनन् अनि राँचीको सिभिल कोर्टले आदेश जारी गर्यो।
झारखण्ड निवासी फिल्म निमार्ता अजय कुमार सिंहका तर्फबाट पटेल उनको व्यापारिक साझेदार कुणाल विरुद्ध कोर्टमा चेक बाउन्स र धोका दिएको आरोपमा रिट हालेका थिए।
अदालतले पटेललाई अदालतमा उपस्थिति हुन बारम्बार नोटिस पठाए पनि उनी आइनन्। अदालतले बोलाउँदा उनी एक्लै वा कानुनी सहयोगीसँगै अदालतमा उपस्थित नभएपछि बिहीबार पक्राउ आदेश जारी भयो।
सिंह पटेलविरुद्ध सन् २०१८ मा कोर्टमा गएका थिए। यसबारे १५ अप्रिलमा सुनुवाइ हुँदैछ।
सिंहले उनी विरुद्ध फिल्म देशी म्युजिकमा अभिनय गर्छु भनेर पैसा लिएको समेत आरोप छ। पैसा फिर्ता मागेपछि पटेलले दुई चेक दिए पनि सो चेक बाउन्स भएको थियो।
चैत २३, २०७९ बिहीबार २१:५३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।