शार्दुलको विस्फोटक पारीमा बैंग्लोरलाई कोलकाताले दियो २०५ रनको लक्ष्य
काठमाडौं : इन्डियन प्रियिमर लिग (आईपीएल)अन्तर्गत बिहीबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २०५ रनको लक्ष्य दिएको छ।
कोलकातास्थित इडन गार्डेन रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको हो।
एक समय ८९ मा ५ विकेट गुमिसकेको अवस्थामा कोलकाताको इनिङलाई शार्दुल ठाकुरले उकासे। २९ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गर्दै ६८ रनको विस्फोटक इनिङ खेले।
रहमनुल्लाह गुरबाजले ५७ रन जोड्दा रिंकु सिंहले ४६ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ बैंग्लोरका डेभिड विले र कर्ण शर्माले दुई–दुई विकेट लिँदा मोहम्मद सिराज, मिचेल ब्रेसवेल र हर्षल पटेलले समान एक–एक रन लिए।
बैंग्लोरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
चैत २३, २०७९ बिहीबार २१:४२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।