क्यानडाको मन्दिरमै हिन्दु र भारतविरोधी नारा

क्यानडाको मन्दिरमै हिन्दु र भारतविरोधी नारा

एजेन्सी : क्यानडाको ओन्टारियो प्रान्तमा रहेको स्वामीनारायण मन्दिरमा हिन्दू र भारतविरोधी नारा कोरिएको छ।

घटनापछि ओन्टारियोको विन्डसर शहर पुलिसले एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान सुरु गरेको जानकारी गराएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा दुई जना संलग्न भएको प्रहरीको अनुमान छ।

टोरन्टोस्थित महावाणिज्य दूतावासले घटनापछि एक विज्ञप्ति जारी गर्दै क्यानडाका अधिकारीहरूसँग यस विषयमा कुरा उठाएको जनाएको छ।

भारतीय महावाणिज्य दूतावासले यस घटनाको घोर निन्दासमेत गरेको छ। घटनाको खबर पाएलगत्तै मन्दिरमा अधिकारीहरू पठाइएको प्रहरीले जनाएको छ।

अधिकारीहरूले भवनको बाहिरी पर्खालमा कालो अक्षरमा लेखिएको हिन्दू र भारत विरोधी नारा फेला पारेका थिए।

एक विज्ञप्तिमा उनले भने, ‘विन्डसर प्रहरीले मन्दिरमा लेखिएको नारालाई घृणा प्रेरित घटना भनेर भनेर अनुसन्धान गरिरहेको छ।’

चैत २३, २०७९ बिहीबार २१:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।