विद्युत्को मूल्य घटाइने, १० हजार लिटरसम्म पानी निःशुल्क
काठमाडौं : सत्ता गठबन्धनले विद्युत्को महसुल घटाउने प्रतिबद्धता जनाएको छ।
बिहीबार सिंहदरबारमा सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महसुल घटाउने घोषणा गरेकी हुन्।
‘२० युनिटभन्दा कम विजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने र पचास युनिटसम्म विजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महसुल घटाउने,’ न्यूनतम साझा कार्यक्रमबारे जानकारी दिँदै उनले भनिन्, ‘सिंचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० प्रतिशत र हिउँदे याममा २० प्रतिशत महसुल छुट दिने।’
त्यसैगरी सत्ता गठबन्धनले दश हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
चैत २३, २०७९ बिहीबार २०:२९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।