मोडमा ब्रेक नलागेपछि रामेछापमा जीप खस्यो, मृतक चारै जनाको सनाखत
काठमाडौं : रामेछापको मन्थलीमा बोलरो जीप दुर्घटना हुँदा मृत्यु भएका चार जनाकै सनाखत भएको छ।
बिहीबार दिउँसो सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो।
मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन्।
दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बोलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
चैत २३, २०७९ बिहीबार १९:५९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।