इमरान खान मुद्दा : पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षा दिन उच्च अदालतको आदेश

इमरान खान मुद्दा : पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षा दिन उच्च अदालतको आदेश

एजेन्सी : पाकिस्तानको एक अदालतले बिहीबार इमरान खानलाई देशका पूर्वप्रधानमन्त्रीको हैसियतअनुसारको सुरक्षा व्यवस्था उपलब्ध गराउन आदेश दिएको छ।

इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका नेता इमरान खानको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। 

गृहमन्त्री राणा सनाउल्लाहको कथित धम्कीपछि इमरान खानले आफ्नो निवेदनमा पर्याप्त सुरक्षाको माग गरेका थिए।

पाकिस्तान मुस्लिम लिगका नेता र पूर्वप्रधानमन्त्री नवाज शरीफ निकट मानिने राणा सनाउल्लाहले मार्च महिनामा गरेको सम्बोधनमा सत्तारुढ दलले आफ्नो अस्तित्व जोखिममा रहेको महसुस गरेमा प्रतिस्पर्धीविरुद्ध जस्तोसुकै कदम चाल्नसक्ने बताएका थिए।

इमरान खानतर्फ स्पष्ट संकेत दिँदै राणा सनाउल्लाहले भनेका थिए, ‘देशको राजनीति यस्तो बिन्दुमा आइपुगेको छ जहाँ पीटीआई वा पीएमएल कायम रहनेछ।’

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार अदालतले इमरान खानलाई दिइएको सुरक्षाका विद्यमान नियमहरूबारे सोधपुछ गरेको थियो।

इमरान खानका वकिलले अदालतलाई गत वर्ष नोभेम्बरमा उनीमाथि घातक आक्रमण भएको बताएका थिए।

चैत २३, २०७९ बिहीबार १९:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।