चन्द्रागिरि हिल्सले नयाँ वर्षमा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने

चन्द्रागिरि हिल्सले नयाँ वर्षमा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने

काठमाडौं : चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरूलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ।

कम्पनीले एक विज्ञप्ति निकालेर शेयरधनीहरूले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी गराएको हो।

छुट सुविधा लिनको लागि शेयरधनीहरूले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा टिपाउनुपर्नेछ। यो योजना एक वर्षकोे लागि लागू रहनेछ।

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ।

चैत २३, २०७९ बिहीबार १९:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।