सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम : ६ महिनाभित्र प्रहरी समायोजन सम्पन्न, नागरिकता ऐन पारित (पूर्णपाठ)

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम : ६ महिनाभित्र प्रहरी समायोजन सम्पन्न, नागरिकता ऐन पारित (पूर्णपाठ)

काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारले पूर्णता पाएको ६ महिनाभित्र प्रदेश प्रहरी समायोजनको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र प्रदेशसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम सम्पन्न गर्ने जनाएकी हुन्।

त्यसैगरी सरकारले पूर्णता पाएको ६ महिनामै नागरिकता ऐन पारित गर्ने र नागरिकता प्राप्तिमा रहेको लैङ्गिक विभेद अन्त्य गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने घोषणा पनि सत्ता गठबन्धनले गरेको छ।

चैत २३, २०७९ बिहीबार १८:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।