नेपालको फिफा वरीयतामा सुधार, अर्जेन्टिना नम्बर वान
काठमाडौं : फिफा वरीयतामा पुरुषतर्फ नेपाल एक स्थान सुधार गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो।
केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन्स कपका दुई खेल फिफा मितिमा परेको र दुईमध्ये एक खेल जितेपछि नेपालको वरीयता एक स्थान सुधार भएको हो।
थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो। फाइनलमा लाओलाई २–१ ले हराउँले उपाधिसमेत हात पारेको थियो।
वरीयतामा भारत १०१औं, माल्दिभ्स १५४औं, भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं स्थानमा छ।
गत डिसेम्बरमा विश्वकप फुटबल जितेको अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा छ।
चैत २३, २०७९ बिहीबार १७:४१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।