अध्यक्ष नै निर्वाचन लड्ने भएपछि जसपाको विधान अधिवेशन सर्‍यो

अध्यक्ष नै निर्वाचन लड्ने भएपछि जसपाको विधान अधिवेशन सर्‍यो

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ।

निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएकाले विधान अधिवेशन सारिएको पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार देशमा उप-निर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति त्यसमा लगाउनुपर्ने भएकाले पनि विधान अधिवेशन सार्नुपरेको हो।

बारा-२ बाट पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचन लड्दैछन्। त्यहाँ उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले चुनौती दिँदैछन्।

पार्टीले अब २०८० जेठ १–३ गते काठमाडौंमा विधान अधिवेशन गर्ने गरी मिति तोकेको छ।

चैत २३, २०७९ बिहीबार १६:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।