अर्थमन्त्री शाहले आफूखुसी बजेट विनियोजन गरेको भन्दै काँग्रेस सांसद अधिकारीले संसदमै गरे विरोध

अर्थमन्त्री शाहले आफूखुसी बजेट विनियोजन गरेको भन्दै काँग्रेस सांसद अधिकारीले संसदमै गरे विरोध

सुर्खेत : आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले विविध शीर्षकमा छुट्टाएको रकम मुख्यमन्त्री राजकुमार शर्मा र  प्रदेश सभा सदस्यहरूलाई थाहा नदिएरै आफूखुसी गरेको बजेट विनियोजनबारे कर्णाली प्रदेश सभा सांसद एवं नेपाली काँग्रेसका नेता सुरेश अधिकारीले संसदमै विरोध गरेका छन्।

उनले बुधबारको प्रदेश सभाको ११ औँ बैठकमा अर्थमन्त्री शाहले आफूखुसी कार्यकर्तामुखी बजेट विनियोजन गरेको भन्दै विरोध गरेका छन्।

बैठकमा प्रदेश सरकार र प्रदेश सरकारमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने पर्ने समसामयिक तथा सार्वजनिक सरोकारका विषयमा आफ्नो भनाई राख्दै अधिकारी यस्तो भनेको हुन् । अधिकारीले चुनावमा हिजो खर्च भएको रकम उठाउने नियतले मनपरी रूपमा बजेट विनियोजन गरेको दाबी गरे।

‘दैलेखमा २३ योजना, सुर्खेतमा १८,जुम्लामा ४, रुकुममा १, जाजरकोटमा ४, हुम्लामा १, कालिकोटमा २, डोल्पामा १ योजनाहरू कार्यकर्तामुखी बजेट विनियोजन भएको छ,’ उनले भने।

‘सल्यान र मुगु के कर्णाली प्रदेश भित्र पर्दैनन् ? सबैभन्दा बढी हुम्ला, जुम्ला, सल्यानमा बाढी, पहिरो र विपद् आएको छ त्यसको विषयमा अर्थमन्त्रीले सोच्नु पर्दैन’, भन्दै उनले प्रश्न गरे।

आफूखुसी बजेट विनियोजन भएको हुँदा फिर्ता गरेर सम्बन्धित शीर्षकमा राख्न उनको अनुरोध छ।

अर्थमन्त्रीको शाहले कसैलाई थाहा नै नदिएरै २३ करोड बजेट विनियोजन गरी आफन्त र कार्यकर्ताको नाम तोकेर योजनाको जिम्मा दिएका थिए । यस विषयमा उकेराले समाचार सम्प्रेषण गरेको थियो ।

चैत २२, २०७९ बुधबार २०:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।