टोखाको गेष्ट हाउसमा नाबालिकामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

टोखाको गेष्ट हाउसमा नाबालिकामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं : नाबालिकालाई सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भई काठमाडौंको धापासी बस्ने वर्ष २१ वर्षीय आशिष तामाङ र काभ्रेको महाभारत गाउँपालिका–७ घर भई धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन्।

उनीहरूलाई चैत २० गते सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले धापासीबाट पक्राउ गरेको हो।

आशिषले नक्कली फेसबुक खोलेर बालिकालाई साथी बनाएका थिए।

भेटघाटको क्रममा उनी र उनका साथी कुशलले गत फागुन ६ गते टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल नजिकको गेष्ट हाउसमा लगेर बालिकालाई सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

चैत २१, २०७९ मंगलबार १९:५९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।