आफ्नै घरको कोठामा जलेर पोखरामा एक जनाको मृत्यु, आत्मदाहको आशंका
पोखरा : पोखरामा एक पुरुष आफ्नै घरको कोठामा जलेर मृत्यु भएको छ।
पोखरा बिरौटाका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले आत्मदाह गरेको प्रहरीले आशंका गरेको छ। भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्र जलेर मृत्यु भएकाले उनले आत्मदाह गरेको हुनसक्ने आशंका प्रहरी अनुमान छ।
अर्यालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दिउँसो तीनतले पक्की घरको बिचको तलामा धुँवाको मुस्लो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घरमा पुग्दा भित्रबाट चुकुल लगाएको अवस्था रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए।
स्याङ्जा अर्जुनचौपारी स्थायी घर भएका अर्याल केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी श्रीमती, एक छोरी र भतिजसहित बस्दै आएका थिए।
चैत २१, २०७९ मंगलबार १९:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।