सिक्किममा हिमपहिरो जाँदा सात जनाको मृत्यु, आठ जना गम्भीर घाइते

सिक्किममा हिमपहिरो जाँदा सात जनाको मृत्यु, आठ जना गम्भीर घाइते

एजेन्सी : सिक्किममा हिमपहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। कयौं बेपत्ता भएका छन्।

वरिष्ठ प्रहरी अधिकारी तेन्जिङ लोडेन लेप्चाका अनुसार मंगलबार बिहान करिब साढे ११ बजे गएको हिमपहिरोमा परेका अहिलेसम्म १७ जनाको उद्धार गरिएको छ। तीमध्ये ८ जनाको अवस्था गम्भीर छ।

कति मानिस पहिरोमा पुरिएका छन् भन्नेबारे अहिलेसम्म एकीन तथ्याङ्क नआइसकेकाे उनले बताए।

पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै गृहमन्त्री अमित शाहले भनेका छन्, ‘हामी सम्पूर्ण स्थितिमा नजर राखिरहेका छौं। एनडीआरएफ टोली चाँडै प्रभावित क्षेत्रमा पुग्नेछ। यस दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

चैत २१, २०७९ मंगलबार १८:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।